के सन्धिबेगर सम्बन्ध हुन सक्दैन?
himalpress.com · Fri Jul 31 01:24:19 GMT 2026

नेपाल र भारतका बीच सन् १९५० को सन्धि भएको आज ७६ वर्ष पूरा भयो। मोहनशम्शेरले निजी स्वार्थवश गरेको सन्धिका असमान प्रावधानले नेपालको भौतिक विकास र अन्तर्राष्ट्रिय छवि निर्माण कार्य निकै जटिल एवं कठिन बनाए। पटक-पटक अनाहक नाकाबन्दीमा पार्दा दिल्लीले हरेक चोटि यसै सन्धिको आड लिने गर्यो। तसर्थ अब म्याद गुज्रेको औषधिबाट रोग निको नभएजस्तै समयोचित् समाधान नदिने सन्धि यथावत् राख्नु हुँदैन। उचित विकल्पमा जाने बाटो निर्माण गर्न जाँगर चलाउने समय आएको छ।
भारतको बौद्धिक समुदायमा ‘रणनीतिक चिन्तक’ भनेर परिचित प्रोफेसर ब्रह्म चेलानीका सुरक्षासँग जोडिएका लामा-छोटा विश्लेषण मूलधारका समाचारमाध्यम र सामाजिक सञ्जालमा निस्किरहेका हुन्छन्। हालै एक्स (ट्वीटर) मार्फत चेलानीले एउटा यस्तो विचार प्रक्षेपण गरेका छन् जसको सोझो सरोकार नेपाल-भारत सम्बन्धसित रहन्छ। २५ जुलाई (९ श्रावण २०८३) का दिन प्रकाशित त्यस सामग्रीमा प्रोफेसर चेलानीले प्रवेशाज्ञा र राहदानीबेगर ओहोरदोहर गर्न पाइने सिमाना रणनीतिक सम्पत्ति हो भनेर लेखेका छन्। तर सँगसँगै के थपेका छन् भने यो सुरक्षाको कोणबाट जोखिम पनि हुनसक्छ। किनभने यस ‘खुल्लापन’ लाई आतङ्कवादी, तस्कर,अपराधी झुण्ड र विदेशी गुप्तचरहरूले समय-समयमा दुरुपयोग गरिहेका हुन्छन्। हालसालै मात्र पनि भारतीय कर्मचारीहरूले एक खालिस्तानी र दुई अमेरिकी नागरिक अवैध रूपबाट सीमापार गर्न लाग्दा पक्राउ गरेका छन्।
Read full story at source (himalpress.com)