सरकार र मृतकका परिवारबीच सहमति, मृतकलाई सहिद घोषणा गर्ने र जनही १० लाख राहत दिने
nepalviews.com · Fri Jul 31 01:32:37 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपका क्रममा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। गत साउन १० गतेको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबीच बिहीबार राति उक्त सम्झौता भएको हो।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त सहमतिअनुसार सरकारले मृतकद्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै पीडित परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले आर्थिक राहत उपलब्ध गराउने भएको छ।
Read full story at source (nepalviews.com)