सुनसरी घटनामा सरकार–पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ्ने
arthasansar.com · Fri Jul 31 01:56:19 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा नेपाल सरकारबीच सहमति भएको छ। गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सरकार र पीडित परिवारबीच विभिन्न राहत, न्याय तथा पुनःस्थापनासम्बन्धी विषयमा सहमति जुटेको हो।
सहमतिअनुसार, घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। साथै मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने निर्णय गरिएको छ।
Read full story at source (arthasansar.com)