एकै दिन ७५० भन्दा बढी आप्रवासी च्यानल पार गर्दै बेलायत प्रवेश
kendrabindu.com · Fri Jul 31 02:03:08 GMT 2026

लन्डन । बुधबार साना डुङ्गामा च्यानल पार गरी ७५२ आप्रवासी भित्रिएको बेलायत सरकारले बिहीबार जानकारी गराएको छ । यो यस वर्ष एक दिनमा च्यानल पार गरी बेलायत प्रवेश गरेका आप्रवासीहरूको उच्च सङ्ख्या हो ।
बेलायतको गृह मन्त्रालयले जारी गरेको यो सङ्ख्याले जुन महिनामा एकै दिन ७१० आप्रवासी भित्रिएको २०२६ को अघिल्लो रेकर्ड तोडेको छ । हरेक वर्ष साना डुङ्गामा आएका दशौँ हजार अनियमित आप्रवासीको क्रमिक सङ्ख्याले बेलायती सरकारहरूलाई हैरानीमा पार्दै आएको छ । यसले नाइजल फराजको नेतृत्वमा रहेको अति–दक्षिणपन्थी रिफर्म युके पार्टीप्रति समर्थन बढाइदिएको छ ।
Read full story at source (kendrabindu.com)