मुसाले चोर्यो १० लाखको गहना !
lokaantar.com

भारतको कर्नाटकस्थित तुमकुरु जिल्लाबाट एक असाधारण र अचम्म लाग्ने घटना बाहिर आएको छ। यहाँको एक ज्वेलरी पसलमा कुनै मानिसले नभई एउटा मुसाले रातारात करिब १० लाख रुपैयाँ मूल्य बराबरको हीरा र सुनका गरगहना गायब पारेको दैनिक भास्करको समचारमा उल्लेख छ । शुरूमा पसलका मालिकलाई यो कुनै चोरको काम हो भन्ने लागेको थियो, तर सीसीटीभी फुटेज हेर्दा असली ‘चोर’ देखेर सबैका होस उड्यो।
यो अनौठो घटना तुमकुरु सहरको कैलटेक्स सर्कल नजिकै रहेको ‘विश्वास ज्वेलरी सप’ मा घटेको हो। भोलिपल्ट बिहान कर्मचारीहरू पसल पुग्दा करिब ५० ग्राम तौल भएका बहुमूल्य गहनाहरू गायब रहेको पाइएको थियो। हराएका वस्तुहरूमा हीरा जडित औँठीहरू, सुनका हारहरू र अन्य विभिन्न आभूषणहरू समावेश थिए, जसको बजार मूल्य करिब १० लाख भारु बताइएको छ।
Read full story at source (lokaantar.com)