करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
nagariknews.nagariknetwork.com · Fri Jul 31 01:44:01 GMT 2026

नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ।
केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ। सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा त्यसबारेको सूचना ग्राहकलाई पठाउन अनुरोध गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)