तिनाउको बाढीमा फसेका युवकको उद्धार
canadanepal.com · Mon Jun 29 02:59:24 GMT 2026

सिद्धार्थनगर (भैरहवा) - बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीबाट दाउरा संकलन गर्ने क्रममा बाढीमा फसेका थिए ।
Read full story at source (canadanepal.com)