इंग्ल्यान्डको क्रिकेट टोलीमा रुट पुनः कप्तान, फ्लेमिङ प्रशिक्षक
kendrabindu.com · Fri Jul 31 02:54:44 GMT 2026
लन्डन । जो रुट बिहीबार पुनः इंग्ल्यान्डको टेस्ट टोलीका कप्तान बनेका छन्। इंग्ल्यान्डले दिनको अर्को ठूलो निर्णयको रूपमा न्युजिल्यान्डका पूर्वकप्तान स्टेफन फ्लेमिङलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको छ।
यसै महिना ब्रान्डन म्याकलमलाई टेस्ट प्रशिक्षकको रूपमा बर्खास्त गर्नुका साथै पूर्व कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले यस्तो निर्णय लिएको हो। म्याकलमको प्रशिक्षणमा इंग्ल्यान्ड एसेस शृंखलामा अस्ट्रेलियासँग एकतर्फी रूपमा पराजित भएको थियो भने जुनमा न्युजिल्यान्डसँगको घरेलु शृंखला २–१ को हारसहित गुमाएको थियो। तर म्याकलम इंग्ल्यान्डको एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्रशिक्षकका रूपमा यथावत रहने छन्।
Read full story at source (kendrabindu.com)