सुनसरी घटना: मृतकका परिवार र सरकारबीच सातबुँदे सहमति
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सहमति भएको छ।
सहमतिअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने र सोही वडास्थित मदरसाको कानुनी हैसियतका सम्बन्धमा समेत तत्काल छानबिन थालिने भएको छ।
Read full story at source (hamrakura.com)