मधेस आन्दोलनका कारण ११ केन्द्रमा त्रिवि परीक्षा स्थगित
ratopati.com · Fri Jul 31 02:58:14 GMT 2026

काठमाडौँ । मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, डीनको कार्यालयले स्नातकोत्तर तहको 'मास्टर अफ बिजनेस स्टडिज' कार्यक्रमअन्तर्गत साउन १५ गते सञ्चालन हुने भनिएको 'बजार व्यवस्थापन ' विषयको परीक्षा स्थगित गरेको छ।
परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा जारी सूचना अनुसार विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो। स्थगित भएका परीक्षा केन्द्रहरूको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ।
Read full story at source (ratopati.com)