असार मसान्तसम्म राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो
nepalnews.com · Fri Jul 31 03:20:46 GMT 2026

काठमाडौं। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको मासिक (अस्थायी) वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ रहेको थियो। यसरी एक वर्षको अवधिमा राष्ट्र बैंकको कुल वित्तीय आकार करिब १२ खर्ब रुपैयाँले विस्तार भएको देखिएको छ।
Read full story at source (nepalnews.com)