सुनसरीपछि आज सिरहा जाँदै गृहमन्त्री
corporatenepal.com · Fri Jul 31 03:24:58 GMT 2026

विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुनसरीको भ्रमण सम्पन्न गरेपछि आज सिरहा जाने भएका छन्। सिरहामा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका आफन्तसँग भेटघाट गर्ने उनको कार्यक्रम रहेको छ। सिरहा प्रस्थान गर्ने जानकारी गृहमन्त्री गुरुङले सुनसरीको देवानगञ्ज गाउँपालिकामा सञ्चारकर्मीसँगको कुराकानीमा दिएका हुन् ।
यसअघि बिहीबार राति उनले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा पुगेर सुनसरी घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तसँग भेट गरेका थिए । गृहमन्त्रीको उपस्थितिमा पीडित परिवार र प्रशासनबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत भएको थियो ।
Read full story at source (corporatenepal.com)