हनुमान मन्दिरमा सुतिरहेका एक जनाको हत्या
annapurnapost.com · Fri Jul 31 03:48:30 GMT 2026

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका- १२ रघुनाथपुरमा एक व्यक्तिको गएराति हत्या भएको छ। हंसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको फूपुको घरमा बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो।
उनी राति हनुमान मन्दिरमा सुतिरहेका थिए। स्थानीयका अनुसार खाना फूपुको घरमा खाएर उनी सुत्न मन्दिरमा जाने गरेका थिए। हत्या भएको जानकारी पाएलगत्तै प्रहरी बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाएको छ। अहिले उनको शव मन्दिरमा नै रहेको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)