हाईअलर्टमा सेना, घटना भए तत्काल नियन्त्रणमा लिने रणनीति
bishowkhabar.com · Fri Jul 31 03:58:47 GMT 2026

काठमाडौं -सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउन राति दुई समुदायबीच भएको विवाद झडपमा परिणत भएपछि सुरु भएको तनाव मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। प्रहरीको गोली लागेर दुई जनाको मृत्यु तथा आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएपछि उत्पन्न परिस्थितिलाई सरकारले गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको छ।
पछिल्ला दुई दिनदेखि साम्प्रदायिक तथा समूहगत तनाव बढ्दै गएपछि नेपाल सरकारको सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय भएको छ। बिहीबार बसेको सुरक्षा परिषद्को बैठकपछि मधेश तथा तराईका संवेदनशील जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उच्च सतर्कतामा राखिएको सुरक्षा स्रोतले जनाएको छ।
Read full story at source (bishowkhabar.com)