फिल्म हराइदिएको भन्दै नेटफ्लिक्स विरुद्ध मुद्दा, १० करोड डलर क्षतिपूर्तीको माग
kendrabindu.com · Fri Jul 31 04:21:31 GMT 2026

लस एन्जलस । निकोलस केज र बेन किङ्सले अभिनित दोस्रो विश्वयुद्धमा आधारित फिल्म ‘फोर्टिट्युड’ को गत जुनमा लस एन्जलसस्थित नेटफ्लिक्सको कार्यालयबाट फिल्मको अनइन्क्रिप्टेड मास्टर कपी रहेको हार्ड ड्राइभ हराएपछि यस फिल्मका निर्माताले बुधबार नेटफ्लिक्स विरुद्ध १० करोड ५० लाख डलरको मुद्दा दायर गरेका छन् ।
स्विट्जरल्यान्डका व्यवसायी साइमन अफ्रामले नै यस फिल्मको पटकथा लेखेका हुन् भने यस फिल्मलाई प्री–प्रोडक्सनदेखि सुटिंग सक्दासम्म सात वर्ष समय लागेको थियो । ४ करोड ५० लाख डलरको लगानीमा बनाइएको भनिएको ‘फोर्टिट्युड’ को निर्देशन साइमन वेस्टले गरेका हुन् । नेटफ्लिक्सले यस फिल्मको प्रदर्शन अधिकार खरिद गर्ने/नगर्नेबारे निर्णय गर्नका लागि गत जुनमा एक सह–निर्माताले यस फिल्मको डिजिटल सिनेमा प्याकेज (डीसीपी) फाइल नेटफ्लिक्सको मुख्यालयमा छाडेको उजुरीमा उल्लेख छ ।
Read full story at source (kendrabindu.com)