लम्बिनीमा ओलीको ‘फर्मुला’ : अहिलेलाई नै आचार्य यथावत्, डेढ महिनापछि लिला गिरी मुख्यमन्त्री
lokaantar.com

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा तत्काल चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । आचार्यले एक/डेढ महिनापछि पूर्वमुख्मन्त्री लिला गिरीलाई सत्ता हस्तान्तरण गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सहमति भएको खुलेको हो ।
बिहीबार पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुस्थित ओली निवासमा छलफल भएको थियो । गुन्डुमा भएको छलफलले आफू नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय भएको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।
Read full story at source (lokaantar.com)