मधेश प्रदेशका ११ क्याम्पसमा परीक्षा स्थगित
kendrabindu.com · Fri Jul 31 04:31:44 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले विशेष परिस्थितिका मधेश प्रदेशका ११ वटा क्याम्पसमा एमबीबीएसअन्तर्गत मार्केटिङ म्यानेजमेन्ट विषयको परीक्षा स्थगित गरेको छ ।
त्रिवि डिन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार पूर्वनिर्धारित परीक्षा तालिकाबमोजिम शुक्रबार सञ्चालन हुने उक्त विषयको परीक्षा सम्बन्धित केन्द्रमा मात्र अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। स्थगित भएको विषयको परीक्षा तालिका पछि यथाशीघ्र सार्वजनिक गरिने जनाइएको छ।
Read full story at source (kendrabindu.com)