जलेश्वर पूर्णरुपमा बन्द
annapurnapost.com · Fri Jul 31 04:34:12 GMT 2026

महोत्तरी : सुनसरी, सिरहालगायतका घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर विहानैदेखि बन्द गरिएको छ । हिजो दिनभरि सो घटनाको विरोध प्रदर्शन गरेका स्थानीयहरुको पूर्व आग्रह अनुसार जलेश्वर पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सदरमुकाम बन्दका कारण जलेश्वरका बजार, पसल, यातायातको साधानहरु विहानैदेखि ठप्प रहेको छ । माननीय चहलपहल फाटफुट रुपमा रहेको छ। यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस घडीमा धैर्यधारण गरी सामाजिक सदभाव कायम राखिदिनका लागि जिल्लाबासीमा आग्रह गरेको छ ।
Read full story at source (annapurnapost.com)