नागरिकको जीवन रक्षा गर्न नसक्ने सरकार टिकिरहन सक्दैन : नेता गोसाई
ratopati.com · Fri Jul 31 04:45:09 GMT 2026

हेटौँडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नागरिकको जीवन रक्षा गर्न नसक्ने सरकार टिक्न नसक्ने बताएका छन् । उनले सुनसरीको कप्तानगञ्जमा भएको विवाद र त्यसपछि उत्पन्न तनावपूर्ण परिस्थितिलाई लिएर सरकारको आलोचना गर्दै नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व रहेको बताएका हुन् ।
शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको सुरक्षा गर्न सरकार असफल भएको टिप्पणी गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । नागरिकको आधारभूत सुरक्षा नै सरकारको प्रमुख दायित्व भएको र सुरक्षा दिन नसक्ने सरकारको अस्तित्वमाथि नै प्रश्न उठिरहेको नेता गोसाईले बताए ।
Read full story at source (ratopati.com)