पौडी खेल्ने क्रममा ३ दाजुभाइको डुबेर मृत्यु
rajdhanidaily.com · Fri Jul 31 04:53:03 GMT 2026
उदयपुर । उदयपुरको कटारीमा एकै परिवारका ३ दाजुभाइको डुबेर मृत्यु छ । हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन दाजुभाइको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।
कटारी नगरपालिका–३ हडैयामा भएको घटनामा स्थानीय ११ वर्षीय सुमितकुमार दनुवार, ८ वर्षीय सुगमकुमार दनुवार र ७ वर्षका आदित्यकुमार दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरु तीनै जना सहोदर दाजुभाइ रहेको प्रहरीको भनाइ छ ।
Read full story at source (rajdhanidaily.com)