ब्रोड पिकमा निर्मल पुर्जासँगै बेपत्ता हुने नेपाली पर्वतारोहीहरू को-को हुन् ? (नामावली)
corporatenepal.com · Fri Jul 31 04:56:22 GMT 2026

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमा छ जना नेपाली पर्वतारोही परेका छन्। पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको विवरणअनुसार टोलीको नेतृत्व विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाले गरेका थिए।
सम्पर्कविहीन नेपाली आरोहीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युकता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यी सबै अनुभवी हिमाल आरोहीका रूपमा परिचित छन् र उच्च हिमाल आरोहणमा लामो अनुभव बटुलेका व्यक्तिहरू हुन् ।
Read full story at source (corporatenepal.com)