सशस्त्रका एआईजी ठाडामगर र प्रहरीका एआईजी श्रेष्ठलाई जनकपुर पठाइयो
ratopati.com · Fri Jul 31 05:07:14 GMT 2026

काठमाडौँ । सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका जिल्लामा फैलिएपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रहरी र सशस्त्रका कार्य विभाग हेर्ने दुई जना एआईजीहरुलाई जनकपुर पठाइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको हो । दुवै जना जनकपुर पुगिसकेका छन् । मधेस प्रदेशको सप्तरीदेखि पर्सासम्म उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
Read full story at source (ratopati.com)