धनुषामा मन्दिरभित्र सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या
nagariknews.nagariknetwork.com · Fri Jul 31 05:01:39 GMT 2026

धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको छ। हंसपुर नगरपालिका-३ मलहनियाका अन्दाजी ४५ वर्षीय बन्ठु राउत गडेरीको बिहीबार राति हत्या भएको हो।
मन्दिरभित्र सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्यामा संलग्नको खोजीकार्य भैरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)