बर्डफ्लुपछि घट्यो अन्डा उत्पादन, बढ्यो मूल्य
kendrabindu.com · Fri Jul 31 05:04:17 GMT 2026

काठमाडौं । पछिल्लो समय चरा तथा पन्छीमा बर्डफ्लु संक्रमणपछि अन्डा उत्पादनमा भारी गिरावट आएको बताइएको छ। उत्पादनमा कमी आएसँगै प्रतिक्रेट अन्डामा ३० रुपैयाँ मूल्यवृद्धि भएको व्यवसायीले बताएका छन्। नेपाल लेयर्स कुखुरापालक संघले तोकेको समर्थन मूल्यअनुसार नयाँ मूल्यमा प्रतिक्रेट ३० |रुपैयाँ बढेको हो।
यसअनुसार ठूलो अन्डा प्रतिक्रेट ५ सयबाट ५ सय ३०, मिडियम ४ सय ७० बाट ५ सय र सानो अन्डा प्रतिपेटी दुई हजार ९ सयबाट तीन हजार पुर्याइएको छ। एक्सेल अन्डा क्रेटको ५ सय १५ बाट ५ सय ४५ पुगेको छ। उपभोक्ता मूल्य भने प्रतिगोटा २५ तोकिएको छ। यसअघि एक साताअगाडि मात्रै संघले समर्थन मूल्य तोकेको थियो। सोही मूल्यमा ३० रुपैयाँ बढाएर नयाँ मूल्य निर्धारण गरिएको संघले जनाएको छ।
Read full story at source (kendrabindu.com)