असार १५ र दही–चिउरा : कृषि संस्कृति, पोषण सुरक्षा र स्वदेशी अर्थतन्त्रको आधार
ajakoartha.com · Mon Jun 29 03:16:00 GMT 2026

नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा गाँसिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ। कृषि प्रधान देश नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा पहिलो धान खेतीको विशेष महत्व रहेको छ भने दोस्रो दुग्ध क्षेत्रको रहेको छ । कुल कृषियोग्य जमिनको ठूलो हिस्सा धान खेतीले ओगटेको छ भने लाखौँ किसान परिवारको जीविकोपार्जन धान उत्पादन र दुग्ध क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
नेपाल सरकारद्वारा यस वर्षको राष्ट्रिय धान दिवसका लागि तय गरिएको “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराले कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी तथा वातावरणमैत्री बनाउनुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा उजागर गरेको छ। जलवायु परिवर्तनका कारण अनियमित वर्षा, खडेरी, बाढी तथा प्राकृतिक विपद्का चुनौती बढिरहेका बेला कृषि उत्पादनलाई सुरक्षित र दिगो बनाउन आधुनिक प्रविधि, उन्नत बीउ, सिँचाइ सुविधा तथा वैज्ञानिक खेती प्रणालीको विकास अपरिहार्य बनेको छ।
Read full story at source (ajakoartha.com)