तरलता प्रशोचन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
clickmandu.com · Fri Jul 31 05:40:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार साउन १५ गते २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले २ महिना (६१ दिन) अवधिका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणाली मार्फत बोलपत्र पेश गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको निष्कासन पनि शुक्रबार नै हुनेछ । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १४ गते हुनेछ ।
Read full story at source (clickmandu.com)