रातभर 'म्याराथन दौड', बिहानै पीडितसँग सहमति !
lokaantar.com

सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गत साउन १० गते आइतबार राति सामान्य विवादले उग्र रूप लिएपछि चलेको गोलीले दुई जना तन्नेरीको ज्यान लियो, दर्जनौँ घाइते भए र सिङ्गो मधेश शोक र आक्रोशको ज्वालामा जल्यो । घटनाको छैटौँ दिनसम्म सुनसरीका विभिन्न क्षेत्रमा कफ्यु लागिरहेको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । स्थानीयको मनमा राज्यप्रतिको अविश्वास र आक्रोशको पहाड चुलिँदै गर्दा परिस्थिति नियन्त्रण बाहिर जाने खतरा बढ्दै थियो । यही असहज र तनावपूर्ण परिस्थितिबीच बिहीबार राति एउटा यस्तो ‘नाइट मिसन’ शुरू भयो, जसले देवानगन्जको तनावलाई अन्तत: सहमतिको टेबलसम्म ल्याइपुर्याएको छ ।
बिहीबार साँझ ७ बज्दा विराटनगर विमानस्थलमा कडा सुरक्षा पहरा थियो । झमक्क साँझमा गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री नीशा मेहता जहाजबाट ओर्लिए । उनीहरूको अनुहारमा दबाब र गम्भीरता प्रष्ट देखिन्थ्यो ।
Read full story at source (lokaantar.com)