नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
ratopati.com · Sun Aug 30 16:49:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ । पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ सदस्यता अद्यावधिक गर्ने समय २०८३ भाद्र १५ देखि १९ गतेसम्मका लागि थप गरिएको हो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको साङ्गठनिक प्रक्रियाबाट कोही पनि साथी वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताए। ‘नेपाली कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन हाम्रो साझा यात्रामा कोही पनि साथी नछुटुन् भन्ने हाम्रो दृढ सङ्कल्प छ,’ पौडेलले भने।
Read full story at source (ratopati.com)