सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
nepallive.com · Sun Aug 30 16:47:38 GMT 2026

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा कठोर प्रश्नको अगाडि उभ्याएको छ,विपद् आउँदा सरकार परिचालित हुन्छ कि केवल सरकारी संयन्त्र परिचालित हुन्छ? अहिलेको घटनामा एउटा कुरा स्वीकार गर्नैपर्छ, राज्य अनुपस्थित छैन। प्रधानमन्त्रीदेखि गृह प्रशासनसम्म, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सरकारी संयन्त्र खोज, उद्धार, उपचार र राहतमा परिचालित छन्। हजारौँ सुरक्षाकर्मी खटिएका छन्, हेलिकोप्टर परिचालन भएका छन्, घाइतेको उद्धार तथा उपचार भइरहेको छ र जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम पनि जारी छ।
नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्यारेकमा चिकित्सक तथा स्वास्थ्य टोली परिचालन गरिएको छ। अपर त्रिशूली जलविद्युत् आयोजनाको सुरुङमा फसेका सयौँ मानिसको उद्धारमा पनि सेना सक्रिय भएको छ।
Read full story at source (nepallive.com)