बेपत्ता आरोहीको खोज र उद्धारमा समन्वय भइरहेको छ : पर्यटन विभाग
onlinekhabar.com · Fri Jul 31 05:51:41 GMT 2026

१५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पाकिस्तानस्थित ब्रो पिक (८०४७)मा बेपत्ता चर्चित आरोही निर्मल पूर्जासहितका आरोहीको खोजी र उद्धारमा पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै वेपत्ता नेपाली आरोहीहरुको नाम समेत सार्वजनिक गरेको छ । विभागका अनुसार पुर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पूर्जा बेपत्ता छन् ।
Read full story at source (onlinekhabar.com)