सबैलाकाे मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी नभएको पुष्टि
kendrabindu.com · Fri Jul 31 05:57:51 GMT 2026

काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत भेटिएका ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको खुलेको छ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआइजी) ओमप्रसाद अधिकारीले राउत मन्दिरहेका पुजारी नरहेको पुष्टि गरेका हुन्।
‘मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो, उहाँ मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको पुष्टि भएको छ, घटनाका सम्बन्धमा कुकुरसहितको अनुसन्धान टोली अनुसन्धानका लागि खटिएको छ,’ जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भनेका छन्।
Read full story at source (kendrabindu.com)