प्रधानमन्त्री बालेनले मधेसका नेतासँग सुरु गरे छलफल
baahrakhari.com · Fri Jul 31 06:08:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफल सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे केन्द्रित छ ।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)