फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
ajakoartha.com · Fri Jul 31 06:13:00 GMT 2026
फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावविरुद्ध युरोपेली फुटबल महासङ्घ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासङ्घ (कनकाकाफ) खुलेर उभिएका छन् । युइएफएले प्रस्ताव फिर्ता नभएसम्म आफ्ना सदस्य राष्ट्रहरूले कुनै पनि फिफा प्रतियोगितामा सहभागी नहुने चेतावनी दिएको छ भने कनकाकाफले पनि प्रस्तावको प्रक्रिया र पारदर्शितामाथि गम्भीर आपत्ति जनाएको छ ।
युइएफएले आफ्ना ५५ सदस्य राष्ट्रको आपत्कालीन अनलाइन बैठकपछि जारी गरेको विज्ञप्तिमा फिफा विश्वकप फुटबलकै सम्पत्ति भएकाले त्यसमा निजी स्वामित्व स्वीकार्य नहुने स्पष्ट पारेको छ । महासङ्घले प्रस्ताव पूर्ण रूपमा फिर्ता नलिएसम्म र भविष्यमा पनि फिफाले आफ्ना प्रतियोगिता वा शासन संरचनामा निजी स्वामित्व नखोल्ने बाध्यकारी प्रतिबद्धता नगरेसम्म फिफा प्रतियोगितामा सहभागी नहुने निर्णय सुनाएको छ ।
Read full story at source (ajakoartha.com)