संशोधनसहित संसद् लगिँदै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक
kendrabindu.com · Mon Jun 29 03:25:49 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दोस्रो ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८३’ संसद् लैजान लागेको छ। ग्रामीण ऊर्जा नीति, २०६३ ले परिकल्पना गरेको नवीकरणीय ऊर्जाको विकास तथा विस्तार गर्न तथा राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ ले परिकल्पना गरेबमोजिम तथा ऊर्जा दक्षता अभिवृद्धि गर्न तथा ऊर्जा संरक्षणका सम्बन्धमा नियमन तथा व्यवस्थापन गर्ने अभावलाई पूर्ति गर्न प्रस्तावित विधेयक ल्याउन लागिएको हो।
नवीकरणीय ऊर्जासम्बन्धी विधेयक पहिलो पटक ल्याउन लागिएको हो। संसद्मा भने दोस्रो पटक लैजान लागिएको हो। यसअघि तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले ३१ जेठ २०८१ मा उक्त विधेयक संसद् लगेका थिए। तर २७ भदौ २०८२ मा प्रतिनिधिसभा विघटनसँगै उक्त विधेयक पनि निष्क्रिय भएको थियो। अब ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८३’ अघि बढाइएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बताए।
Read full story at source (kendrabindu.com)