धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गरौँ : शशांक कोइराला
nagariknews.nagariknetwork.com · Fri Jul 31 06:13:46 GMT 2026

नेपाली कांग्रेसका डा. शशांक कोइरालाले सुनसरीको देवानगन्जबाट सुरु भइ तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको विषम तथा तनावपूर्ण आवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको बताएका छन्।
धार्मिक तथा साम्प्रदायिक संवेदनशीलतासँग सम्बन्धित यो विषम परिस्थितिका बेलामा सम्पूर्ण नेपाली नागरिकहरूमा संयमता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा हार्दिकता कायम राख्न अपिल गर्दै यस्तो बताएका हुन्। उनले यी दुखद घटनामा परि ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, उनले सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कमना समेत गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)