सडक डिभिजन भक्तपुरका इन्जिनियरविरुद्ध २ करोड २६ लाखको अवैध सम्पत्ति मुद्दा, अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र
barnanmedia.com · Fri Jul 31 06:12:29 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार चौधरीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनको २०६५ पुस ११ गते सरकारी सेवामा नियुक्त भएदेखि २०८२ असार २९ गते सम्पत्ति विवरण बुझाएसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो ।
Read full story at source (barnanmedia.com)