बखुण्डोलको ‘समिट’ परियोजनामाथि गम्भीर प्रश्न: बिना अनुमति निर्माणको आरोप, ग्रीनवीच होटलले ६९ करोडभन्दा बढी क्षतिपूर्ति माग्यो
barnanmedia.com · Fri Jul 31 06:07:19 GMT 2026

काठमाडौं । ललितपुरको बखुण्डोल (झम्सिखेल) क्षेत्रमा निर्माणाधीन ‘समिट होटल एण्ड रेसिडेन्सिस’ परियोजना पुनः विवादमा तानिएको छ। छिमेकी ग्रीनवीच भिलेज होटलले निर्माण कार्यका क्रममा आफ्नो भवनमा गम्भीर क्षति पुगेको, होटल सञ्चालन बन्द गर्नुपरेको र अझै ६९ करोड ७६ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउन बाँकी रहेको दाबी गरेको छ।
ग्रीनवीच पक्षका अनुसार २०७९ चैत २५ गते परियोजनाको जग खन्ने क्रममा डोजर प्रयोग गर्दा छिमेकी संरचनामा क्षति पुगेको थियो। होटलका पर्खाल र पिल्लरमा ठूलो चिरा परेको, केही संरचना भासिएको तथा पाहुनाहरूलाई तत्काल उद्धार गर्नुपरेको उनीहरूको भनाइ छ।
Read full story at source (barnanmedia.com)