खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर
corporatenepal.com · Fri Jul 31 06:22:46 GMT 2026

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने अवसर पाउनेछन्। यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ। डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्रीलगायतका पूँजीबजारसम्बन्धी कारोबारमा असर पर्नसक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ।
Read full story at source (corporatenepal.com)