बढ्दो व्यापार घाटाका बीच अमेरिकी अर्थतन्त्र १.५ प्रतिशतले विस्तार, उपभोक्ता खर्चमा उल्लेख्य सुधार
clickmandu.com · Fri Jul 31 06:30:37 GMT 2026

एजेन्सी । अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, अप्रिलदेखि जुनसम्मको त्रैमासिकमा अमेरिकी अर्थतन्त्र वार्षिक १.५ प्रतिशतको सुस्त गतिमा विस्तार भएको छ । यो अपेक्षा गरिएको भन्दा कम हो ।
उपभोक्ता खर्च र कृत्रिम बुद्धिमत्ता (एआई) सँग सम्बन्धित पूर्वाधारमा निरन्तर लगानी रहे तापनि बढ्दो व्यापार घाटाले आर्थिक वृद्धिदरमा दबाब सिर्जना गरेको छ । वाणिज्य मन्त्रालयको ब्युरो अफ इकोनोमिक एनालिसिसको प्रारम्भिक अनुमानले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पहिलो त्रैमासिकको २.१ प्रतिशतको वार्षिक वृद्धिदरबाट ओरालो लागेको देखाएको छ । यसअघि रोयटर्सले गरेको सर्वेक्षणमा अर्थशास्त्रीहरूले अर्थतन्त्र २.१ प्रतिशतको गतिमा बढ्ने प्रक्षेपण गरेका थिए ।
Read full story at source (clickmandu.com)