सुनसरी घटनामा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ [भिडियो]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्या प्रकरणलाई लिएर प्रतिनिधि सभाको बिहीबारको बैठकमा सरकारको तीव्र आलोचना भएको छ। विशेष समय लिएर बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले यस गम्भीर घटनाबारे प्रधानमन्त्रीले आफैँ संसद्मा उपस्थित भएर आधिकारिक जानकारी गराउनुपर्ने माग गरे।
घटनाले मुलुकलाई स्तब्ध बनाएको उल्लेख गर्दै सांसद शर्माले प्रधानमन्त्रीको उपस्थिति र सक्रियतामाथि प्रश्न उठाउनुभयो र संकटको यो घडीमा सरकारले अभिभावकको भूमिका खेल्दै घटनाको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारे। सम्बोधनका क्रममा उनले गृहमन्त्रीको कार्यशैली र सार्वजनिक रूपमा दिएको ‘मन्त्रालय चाहिएको छ भने लैजाऊ’ भन्ने धम्कीपूर्ण तथा अराजक अभिव्यक्तिको समेत चर्को आलोचना गरे।
Read full story at source (hamrakura.com)