‘डिजास्टर टुरिजम’ नगर्न रास्वपा नेता तथा सांसदहरूलाई सभापति रविको निर्देशन
ratopati.com · Sun Aug 30 16:50:14 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ १० गते भोटेकोसीमा आएको विनासकारी बाढीले सिर्जित विपद्को घडीमा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले सरकारसँग समन्वय गरी पार्टीका सम्पूर्ण संयन्त्रहरूलाई विपद् व्यवस्थापनमा परिचालित हुन निर्देशन दिएको छ। बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले भने, ‘केन्द्रीय समिति, सांसदहरू, प्रदेश, जिल्ला र स्थानीय तहका सबै कमिटीहरूले सरकारसँग समन्वय गरी खोज र उद्धारमा सघाउनु हुनेछ ।’
Read full story at source (ratopati.com)