ब्रोड पिकः काराकोरमको सेतो मृत्यु !
kendrabindu.com · Fri Jul 31 06:34:23 GMT 2026

काठमाडाैं । संसारका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये १२ औँ अग्लो चुचुरो हो, ब्रोड पिक (८,०५१ मिटर) । पाकिस्तान र चीनको सीमानामा पर्ने काराकोरम पर्वतमालामा अवस्थित यो हिमाल आफ्नो १.५ किलोमिटरभन्दा लामो र फराकिलो चुचुरोका कारण ‘ब्रोड पिक’ भनेर चिनिन्छ। विशाल र मनमोहक देखिने यो सेतो पहाड पर्वतारोहीहरूका लागि जति आकर्षक छ, उति नै रहस्यमय र जोखिमपूर्ण पनि।
ब्रोड पिकको सफलताको इतिहास सन् १९५७ देखि सुरु हुन्छ। अस्ट्रियाली पर्वतारोही मार्कस स्मकको नेतृत्वमा फ्रिट्ज विन्टरस्टेलर, कुर्ट डिम्बर्गर र हर्मन बुहलले जुन ८ र ९ को बीचमा पहिलोपछिको रूपमा यस हिमालको सफल आरोहण गरेका थिए। कुनै पनि थप अक्सिजन, उच्च हिमाली शेर्पा वा आधार शिविरको विशेष सहयोगविना नै उनीहरूले यो कठिन चुचुरोमा पाइला टेकेर पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थपेका थिए।
Read full story at source (kendrabindu.com)