कर्फ्युमा यस्तो देखियो जनकपुर (फोटो फिचर)
ratopati.com · Fri Jul 31 06:50:43 GMT 2026

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा बिहीबार जनकपुरमा भएको प्रदर्शन साम्प्रदायिक सद्भाव भड्काउनेतर्फ उन्मुख हुन खोजेपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश शुक्रबार पनि जारी गरेको छ। कर्फ्यु लागू भएसँगै यहाँको अवस्था सामान्यतर्फ उन्मुख भएको प्रशासनको भनाइ छ ।
बिहीबार अपराह्न साढे ३ बजेदेखि लागू गरिएको कर्फ्यु आदेशलाई शुक्रबार बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको थियो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विज्ञप्ति जारी गर्दै स्थानीयवासीको दैनिक जीवन सहज बनाउन दूध, तरकारी, फलफूल तथा खाद्यान्नलगायत अत्यावश्यक वस्तु खरिदका लागि कर्फ्यु आंशिक रूपमा खुकुलो पारिएको बताएका थिए। उनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आफ्नो निवास फर्किन तथा त्यसपछि कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेका थिए।
Read full story at source (ratopati.com)