दिपेन्द्र अग्रवालको प्रवेशपछि भताभुङ्ग भोटेकोशी रिसोर्ट: पुराना लगानीकर्तादेखि बैंकसम्मलाई तनाव
clickmandu.com · Fri Jul 31 06:48:46 GMT 2026

काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रवेश गराएर ऋणमुक्त गर्दै भव्य रूपमा सञ्चालन गर्न खोजिएको भोटेकोशी रिसोर्ट स्वार्थको दाउमा धकेलिँदा भताभुङ्ग हुन पुगेको छ । पर्यटकीय सम्भावना बोकेको ४८ कोठाको चारतारे रिसोर्टका पुराना लगानीकर्ताले नयाँलाई दायित्व सुम्पने निर्णय गरे ।
दुई पक्षबीच सम्झौता र हस्ताक्षर गरेर कानूनी प्रक्रिया पूरा गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ लगानीकर्ताको लगत अद्यावधिक पनि भयो । पुराना लगानीकर्ता र नयाँबीच २०८२ असार ८ गते सेयर किनबेच भयो । दिपेन्द्र अग्रवालले चिनबहादुर रानाभाट र छिरिङ शेर्पाको नाममा रहेको सेयर खरिद गरे ।
Read full story at source (clickmandu.com)