भैरहवाको खाजाघरबाट नक्कली भारुसहित दुई भारतीय नागरिक पक्राउ
ratopati.com · Fri Jul 31 06:52:47 GMT 2026

रुपन्देही । भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–१२ मा रहेको खड्का खाजाघरमा नक्कली नोटको कारोबार भइरहेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले खाजाघरमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान गरी जम्मा ७० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ।
Read full story at source (ratopati.com)