साम्प्रदायिक भुङ्ग्रोमा स्वार्थको रोटी नसेकौँ
ratopati.com · Fri Jul 31 06:58:44 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक द्वन्द्व भुसको आगोझैँ बिस्तारै अन्य क्षेत्रमा फैलिने त्रास बढेको छ । शान्ति-सुव्यवस्था कायम राख्न विभिन्न जिल्ला प्रशासन कार्यालयले तनावग्रस्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको प्रस्ट पारे । उनले कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताए । कुनै एक स्थानमा भएको घटनालाई लिएर सिङ्गो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसङ्गत नहुने भन्दै उनले शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सयौं वर्ष पुरानो सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार सचेत रहेको र त्यस्ता गतिविधिमाथि कडा कदम चालिने चेतावनी दिए ।
Read full story at source (ratopati.com)