बर्दिबासबासीको सन्देश : हिन्दु–मुस्लिम हामी दाजुभाइ
annapurnapost.com · Fri Jul 31 06:58:04 GMT 2026

बर्दिबास : महोत्तरीको बर्दिबासमा एकाबिहानै हिन्दु–मुस्लिम समुदायका व्यक्तिहरु एकै ठाउँमा जम्मा भए । चिया खाए । हात मिलाए र भने, ‘हिन्दु–मुस्लिम हामी दाजुभाइ ।’ बर्दिबासमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठक बसेको हो । ‘हाम्रो विविधता, हाम्रो पहिचान, हाम्रो एकता, हाम्रो अभियान’ भन्ने नारा थियो, ‘नेपालका सबै भाषा, धर्म, समुदाय एक हौ ।’
बर्दिबास उद्योग बाणिज्य संघले कार्यक्रमको नेतृत्व गरेको थियो । सुनसरीबाट भड्किएको सद्भाव काय राख्न कार्यक्रमको आयोजना गरिएको थियो । बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले समाजमा गलत गर्नेलाइ कारवाहीको दायरामा ल्याउनु पर्ने सरकारसँग माग गरे । स्टन्टबाजीले समाजमा समस्या ल्याएको बताए । मुस्लिम समाज बर्दिबास नगर अध्यक्ष अताबुल रहनले दुवै पक्ष बसेर देखापरेका समस्या समाधान गर्नु पर्ने बताए ।
Read full story at source (annapurnapost.com)