प्रतिनिधि सभामा सुदूरपश्चिमबाट एक सिट पनि नजितेको नेकपाकै हातमा घुमीफिरी प्रदेशको नेतृत्व
ratopati.com · Fri Jul 31 07:10:47 GMT 2026

धनगढी । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुदूरपश्चिमबाट एउटा पनि सिट जित्न नसकेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अहिले प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा छ । प्रदेश सभाको सबैभन्दा ठुलो दल बनेको नेकपाले दोस्रो कार्यकालको अन्तिम समयमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।
केन्द्रमा नेकपा र नेकपा एमालेबिच प्रदेश सरकार सञ्चालनका विषयमा सहमति भएपछि सुदूरपश्चिमको सत्ता समीकरण फेरिएको हो । एमालेले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब केही दिनभित्रै नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग निश्चित छ ।
Read full story at source (ratopati.com)