ब्रोड पीक हिमपहिरो : खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय
nepalnews.com · Fri Jul 31 07:19:57 GMT 2026

काठमाडौँ। पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका वेपत्ता भएको आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग नेपाल सरकारले निरन्तर समन्वय गरेको जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै १४ साउनमा आएको हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोहीहरू बेपत्ता भएकोमा बेपत्ता आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको जनाएको हो।
Read full story at source (nepalnews.com)