सप्ताहव्यापी गाईजात्रा: आइतबार बौद्ध क्षेत्रमा रोपाइँ जात्रा
ratopati.com · Sun Aug 30 16:58:35 GMT 2026

काठमाडौँ । गाईजात्रा सप्ताहको दोस्रो दिन आइतबार बौद्ध क्षेत्रस्थित बौद्धनाथ महाचैत्य परिसरमा रोपाइँ जात्रा सम्पन्न भएको छ । सप्ताहव्यापी गाईजात्राको दोस्रो दिन अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन प्रत्येक वर्ष बौद्धनाथ क्षेत्रको बौद्धनाथ महाचैत्य परिसरमा यो जात्रा मनाउने गरिन्छ ।
लोग्ने मानिसले महिलाको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गरिने यो जात्रा हेर्न बौद्ध क्षेत्रमा हजारौँ मानिसको घुइँचो थियो । यस दिन लोग्ने मानिस एवं केटाकेटीले बौद्धनाथ क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको बौद्धनाथ घ्याङ गुठीका सचिव टासीकुमार लामाले राससलाई जानकारी दिए ।
Read full story at source (ratopati.com)